पत्थरी, कब्जियत, तौल घटाउँन देखि बाझोपन हटाउन अचुक ओखती : नास्पाती !

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १२:२०

नास्पाती खाँदा हामीलाई पुग्ने फाइदाहरु यस्ता छन् :

१) तौल घटाउँछ : शरीरको तौल घटाउन चाहानेहरुको लागी नास्पाती निकै लाभदायक हुनसक्छ । नास्पातीमा फाइबर बढी हुने भएकाले यसले भोक कम लाग्छ । जस्ले गर्दा हामी खान कम खाने गर्छौं । र हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

२) कोलेस्ट्रोल कम गर्छ : यसमा पाइने पेक्टिन र फाइबरले हाम्रो शरीरको कोलेस्ट्रोललाई नियन्त्रण गर्न मद्धत गर्छ । त्यसैले उच्च कोलेस्ट्रोल भएका मानिसलाई चिकित्षकहरु नास्पाती खान सल्लाह दिन्छन् ।

३) बाझोपन हटाउन : हर्मोनको गडबडीका कारण कयौ महिलामा बाझोपनाकेा समस्या हुने गर्दछ । ताजा तथा स्वस्थ फलफूल खाएर पनि शरीरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न सकिन्छ । फलफुलमा प्राकृतिक गुलियोपना हुने गर्छ, जसले प्रजनन स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ । त्यतिमात्रहैन, नास्पातीमा विभिन्न किसिमको भिटामिन तथा मिनरल्स पाइन्छ गरे शरीरको प्रतिरोधी क्षमतालाई मजुबत बनाई बाझोपनाको समस्या कम गर्न मद्दत गर्छ ।

४) पत्थरी कम : नास्पतिमा मेलिक नामक तत्व पाइन्छ । यसले हाम्रो शरीरमा पत्थरी हुन दिदैन । मृगौलामा रहेका फोहोरलाई बाहिर निकाल्न मद्धत गर्ने भएकाले यसले मृगौलाको पत्थरीबाट बचाउँछ ।

५) घाँटीलाई फाइदा : घाँटीको समस्या हुनेले हरेक दिन दुइ गिलास नास्पतिको जुस खाने गर्नुहोस । यसले तपाइको घाँटीलाई आराम दिन्छ ।

६) कब्जियत कम गर्छ : नास्पातीमा पेक्टिन हुन्छ, जसले दिशा खलास गर्न मद्दत गर्छ । कब्जियत भएमा नास्पातीलाई साधा तथा जुसको रुपमा पनि सेवन गर्न सकिन्छ ।

२०७५ असोज २ गते १२:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर