श्रीमानले आफ्नी बहिनी र श्रीमतीलाई आपत्तिजनक अवस्थामा भेटेपछि…

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १२:४२

भर्खरै बिहे गरेर ल्याएकी आफ्नी श्रीमती समलिंगी भएको थाहै नपाएका एक युवकलाई त्यतिबेला ठूलो झट्का लाग्यो जब उनकी बहिनी पनि समलिंगी भएको खुल्यो । यतिमात्र होइन उनको खुट्टामुनिबाट जमिन त्यतिबेला भासियो जब उनले यी दुवैलाई आपत्तिजनक अवस्थामा भेटे । हद त तब भयो जब उनकी श्रीमतीले नै उनलाई ठाडो जवाफ फर्काइन् जुन जवाफ सुनेर बिचरा युवक बेहोस भए ।

उत्तर प्रदेशको कानपुरमा यस्तो विचित्र घटना भएको हो । यहाँ एक नवविवाहिता युवतीले पतिलाई छोडेर आफ्नी नन्दसँग समलिंगी सम्बन्ध सुरु गरिन् । यी दुईलाई केही स्थानीयले सार्वजनिक सुलभ शौचालयमा आपत्तिजनक अवस्थामा फेला पारे । त्यसपछि उनीहरुले पतिलाई खबर गरे । पतिले आएर जब श्रीमतीलाई गाली गरे । त्यसपछि श्रीमती र बहिनीको ठाडो जवाफ सुनेपछि भने बिचरा युवक त्यहीँ बेहोस भए । उनीहरु दुवैले भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’

कानपुरका ती युवकको ५ महिना अगाडि फतेहपुरकी एक युवतीसँग भएको थियो । बिहे गरेर घर आएसँगै उनकी पत्नीको युवककी सानीमाकी छोरीसँग लेस्बियन सम्बन्ध सुरु भयो । यी दुई घण्टौं बन्द कोठाभित्र बस्थे । एक दिन युवककी आमाले उनीहरुलाई आपत्तिजनक अवस्थामा देखेकी पनि थिइन् तर उनलाई समलिंगी सम्बनधबारे खासै जानकारी नभएकोले उनले यसबारे ध्यान दिइनन् । पटक पटक उनीहरु यस्तै अवस्थामा भेटिन थाले ।

शनिबार त हदै भयो । टोलको सार्वजनिक शौचालयमा यी दुवैलाई अश्लील क्रियाकलाप गरिरहेको अवस्थामा स्थानीयले देखे, हल्ला पूरै टोलभरी फैलियो । त्यसपछि उनीहरुलाई यसबारे सोध्दा उनीहरुले खुलेरै आफूहरुको समलिंगी सम्बन्ध भएको स्वीकार गर्दै भने ‘अब समलिंगी सम्बन्धलाई मान्यता दिने कानुन बनिसकेको छ तिमीहरु के गर्छौ ?’उनीहरुले आफूहरुलाई रोक्ने कोसिस गरे दुवैले आत्महत्या गर्ने र सुसाइड नोट लेखेर पूरै परिवारलाई फसाउने धम्कीसमेत दिए। अहिले यो विवाद प्रहरीमा पुगेको छ तर नयाँ कानुन भर्खरै लागू भएका कारण प्रहरीसमेत यो विवाद कसरी मिलाउने भन्ने अन्योलमा छ।

२०७५ असोज २ गते १२:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर