विश्वकप छनोटको बन्द प्रशिक्षणका लागि नेपाली १८ खेलाडी छनोट

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १३:३७

काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट कमिटीले नेपाली राष्टिय टोलीका १८ खेलाडीलाई आईसीसी टी–२० विश्वकपको एसिया छनोट ‘बी’को बन्द प्रशिक्षणका छनोट गरेको छ ।

कप्तान पारस खड्काको नेतृत्वमा १८ सदस्यीय नेपाली टोली छनोट गरिएको हो । छनोट भने अक्टोबर ३ देखि १२ तारिख सम्म मलेसियामा हुनेछ । कप्तान पारस खड्काको नेतृत्वमा छनोट गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी परेका छन् ।

यसैगरी बिनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करण केसी, ललित भण्डारी, साहब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

बन्द प्रशिक्षण आउँदो शनिबारबाट किर्तिपुर स्थित टियुको क्रिकेट मैदानमा सुरु हुनेछ । बन्द प्रशिक्षणबाट अन्तिम १४ जना टोलीको टुङ्गो लगाइनेछ ।

२०७५ असोज २ गते १३:३७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर