किन छोरी, बुहारी बुधवारको दिन माईतबाट घर जानु हुँदैन ? यस्तो छ कारण

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १४:०२

काठमाडौं । शास्त्रहरूमा हप्ताको हरेक दिन कुनै विशेष कार्य गर्न निषेध गरिएको छ। यसमा दैनिक जीवनसँग जोडिएका कुराका अलावा यात्राका लागि निषेधित वार पनि छ।

यहाँ हामी बुधवारसँग जोडिएको त्यो मान्यताका विषयमा चर्चा गर्नेछौं जसअनुसार छोरीहरूलाई बुधवार माईतबाट घर पठाउन हुँदैन।

बुधवार छोरीलाई घर पठाउँदा दुर्घटनाको सम्भावना हुन्छ । यति मात्र नभई छोरीको घरसँगको सम्बन्ध पनि बिग्रिन्छ । शास्त्रमा यस अपशकुनसँग जोडिएको कारणको व्याख्या पनि छ।

पौराणिक मान्यताअनुसार बुध ग्रहले चन्द्रलाई शत्रु मान्छ तर चन्द्रले बुधलाई शत्रु मान्दैन। ज्योतिषमा चन्द्रमालाई यात्राको कारक मानिएको छ भने बुधलाई लाभको। त्यसैले बुधवारका दिन यात्रा गर्नु हानिकारक छ । बुधदेव अनुकूल नहुँदा दुर्घटना वा अनिष्ट हुने सम्भावना बढ्छ।

२०७५ असोज २ गते १४:०२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर