काठमाडौँको होटेलमा २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १४:२८

काठमाडौं । राजधानीमै २१ वर्षीया युवतीमाथि जवरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका-९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका-८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भिमढुङ्गा नर्सरीमा होटल संचालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन्।

नागार्जुन नगरपालिका-७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई नगरकोटीले संचालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ।

ती महिला सोमबार स्यूचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ असोज २ गते १४:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर