अभिनेत्री नूतनकी नातिनि प्रनूतनलाई बलिउडमा लन्च गर्दै सुपरस्टार सलमान खान !

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १४:३१

मुंबई । सुपस्टार सलमान खानलाई बलिउडको गर्डफादर मानिन्छ । उनले बलिउडमा कयौँ नव कलाकारलाई लन्च गरेका छन् । यसमा शत्रुघन सिन्हाकी छोरी सोनाक्षी सिन्हा, आदित्य पंचोलीका छोरा सुरज पंचोली, सुनील शेट्टीकी छोरी अथिया शेट्टी र बहिनी अर्पिताका पति आयुश शर्माको नाम शामिल छ ।

खबरका अनुसार एकपटक गर्डफादर सलमान खानले बलिउडमा फेरी आर्को एकको किस्मत बदल्ने वाला छन् । सलमान खानले बलिउडकी दिवंगत अभिनेत्री नूतनकी नातिनी र मोहनीश बहकी छोरी प्रनूतनलाई बलिउडमा लन्च गर्दै छन् ।

यो खबरको जानकारी सलमानले आफै ट्वीटबाट दिएका हुन् ! सलमानले ट्वीटरमा लेख्दै – “जहीरोकी हीरोइन मिलिन् । स्वागत गर्नुहोस् प्रनूतन बहललाई । नूतनजीकी नातिनी र मोहनीशकी छोरीलाई ठुलो पर्दामा पेश गर्न पाउदा गर्व छ ।

२०७५ असोज २ गते १४:३१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर