आमिर खानको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ ८ नोभेम्बरबाट प्रदर्शन हुँदै , यस्ता देखिए अमिताभ(भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १५:२१

मुम्बई । बहु प्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ लाई दर्शकहरुले अत्यधिक प्रतिक्षारत गरिरहेका छन् । यस चलचित्रमा बलिउडका २ महान हस्ती अमिताभ बच्चन र आमिर खान एक साथ देखिदै छन् । सो फिल्मका मोसन पोस्टर सोमबार सार्वजनिक भएको छ ।

यस पोस्टरलाई यश राज फिल्म्सको ट्वीटर एकाउन्टबाट रिलीज गरिएको हो । पोस्टरमा अभिनेता एक योद्धाको रुपमा देखिदैछन् । आमिर खान यस फिल्मको प्रमोशन केही फरक तरिकाले गर्ने तयारी गर्दैछन् ।

यस फिल्म फिलिप मेडोज टेलरले लखेको उपन्यास ‘कन्फेसन्स’ अथवा ‘अ ठग’ मा आधारित छ । विजयकृष्ण आचार्य निर्देशशित फिल्ममा आमिर खान र अमिताभ बच्चनका साथमा कट्रिना र फातिमा सना शेखको प्रमुख भुमिका छ ।

फिल्म ८ नोभेम्बरमा प्रदर्शनमा आउने भएको छ ।

२०७५ असोज २ गते १५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर