दिनदहाडै लुटिए विनोद चौधरी

आजको खबर   |    प्रकाशित : २०७५ असोज २ गते १६:२६

महोत्तरी । महोत्तरीको गौशालास्थित मरहानदीबाट व्यापारी विनोद चौधरी लुटिएका छन्। मोटरसाइकल चढी गौशालातर्फ आइरहेका समयमा मनरासिस्वा नगरपालिकाका धान व्यापारी विनोद चौधरीको साथबाट आज दिउँसो अज्ञात समूहले रु ५ लाख लुटेको हो।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार चौधरीलाई नदीमा एक्लो भएको मौका छोपी मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर चौधरीसँग रहेको रु ५ लाख लुटेर फरार भएको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए।

२०७५ असोज २ गते १६:२६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर