भाइरल ज्वरोले हर्दिगाउँ नै प्रभावित

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते ३:४७

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट–३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ ।

गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ । रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताए ।

स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ । यसैगरी हर्दिमा पशुमा भ्यागुते रोग देखापरेको छ ।

भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए । तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो ।रासस

२०७५ असोज ३ गते ३:४७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर