स्याङजाका कुवँर लागुऔषधसहित वीरगञ्जबाट पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते ६:०३

वीरगञ्ज । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्म वीरगञ्जले बुधबार बिहान लागुऔषधसहित एक जना नेपालीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–२ देवीस्थान बस्ने ३८ वर्षीय दीपक कुँवर रहेका छन् । कुँवरले भारतबाट नेपालतर्फ आउँदा झोलामा लुकाई राखेको अवस्थामा मोलिन २५ थान, वाइजा ल्याप २५ थान तथा फेनालगन २५ थानसहित पक्राउ परेका छन् ।

पक्राउ परेका कुँवरलाई लागुऔषधसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले बताए ।रासस

२०७५ असोज ३ गते ६:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर