पाकिस्तानी सेनाले भारतीय सुरक्षाकर्मीलाई मारेपछि मच्चियो हलचल

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते १२:४४

नयाँदिल्ली । पाकिस्तानी सेनाले एकजना भारतीय सुरक्षाकर्मीलाई मारेपछि दुई देशबीच तनाव थप बढेको छ । जम्मु काश्मिरको रामगढ सेक्टरमा एक जना भारतीय बिएसएफका जवानलाई पाकिस्तानी सेनाले मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार पाकिस्तानी सेनाले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा फाइरिंग गरेको थियो । त्यसपछि बीएसएफका जवान नरेन्द्र कुमार बेपत्ता थिए । उनको शव बुधबार फेला परेको हो ।

घाँटि रेटिएको अवस्थामा ती जवानको शव फेला परेको बताइएको छ ।

यो घटनापछि भारतीय सेनाले लाइन अफ कन्ट्रोल ९एलओसी०मा हाई अलर्ट जारी गरेको छ । यो घटनाले सीमा क्षेत्रमा तथ तनाव बढेपछि पाकिस्तानी सेनाले पति सोहीअनुसारको तयारी गरेको बताइएको छ ।

भारत र पाकिस्तानबीच सम्बन्ध सुधारको प्रयास भइरहेका बेला सीमामा भएको यो घटनाले थप संकट बढाउने अनुमान गरिएको छ ।

२०७५ असोज ३ गते १२:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर