मलेसियामा ६ जना नेपालीको लिने विषाक्त मदिरा प्रकरण : ७ जना पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते १३:५०

काठमाडौं । मलेसियाको शालोनगरमा ६ जना नेपालीले ज्यान गुमाएको विषाक्त मदिरा काण्डमा त्यहाँको प्ररहीले ७ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्यहाँको पसलमा काम गर्ने मजदुर रहेको मलेसियाली प्रहरीले जानकारी दिएको छ । मलेसियाको अनलाई द स्टारका अनुसार घटनामा बुधबारसम्म १९ जनाको मृत्यु भएको छ भने अन्य २४ जना विरामी छन् ।

मृतक मध्ये ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ । त्यस्तै विरामी मध्ये १६ जना नेपाली रहेका छन्।
मलेसिया प्रहरीले विरामी मध्ये धेरैको अवस्था नाजुक रहेको जनाएको छ ।

बुधबार बेलुकासम्म दूतावासको कुनै नयाँ जानकारी प्राप्त भएको छैन । मलेसियाली प्रहरीले सो घटनामा पक्राउ परेका व्यक्ति सहित घटनाबारे पत्रकार सम्मलेन गरी जानकारी दिएको छ ।

२०७५ असोज ३ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर