शिक्षकले कुटेर विद्यार्थीको कानको जाली फुटाए

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते १५:४८

चितवन । नवलपुरको बुलिङ्टार ६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रधानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिए यो विषयले सामाजिक सञ्जालमा स्थान पाएको छ।

निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रधानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको फोटो देख्न सकिन्छ।

उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको चिकित्सकहरुले जनाएका छन् । प्रधानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेको समाचारमा जनाइएको छ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ। यसअघि पनि उनले विद्यार्थीहरूलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरूको भनाइ छ । यो बिषय सार्वजनिक भएपछि चौतर्फी विरोध भएको छ।

विद्यार्थीलाई कुट्ने र डराएर शिक्षा दिने परम्परा नेपाली समाजको पुरानो प्रथा हो। जुन हालपनि जारी रहेको यस्ता घटनाले देखाइरहन्छ । वास्तवमा विद्यार्थीलाई ललाईफकाई सिकाउँनुपर्नेमा पुरानो शिक्षण सिकाईले पनि विद्यार्थीहरुमा सिकाईप्रति रुची घट्दै गएको शिक्षाविद बताउँछन्।

२०७५ असोज ३ गते १५:४८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर