म्यासेजमा पत्नीको विषयमा लेखिएको थियो यस्तो कुरा, जब पत्नीले थाहा पाइन अनि…

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते १६:०१

एजेन्सी। अष्ट्रेलियामा एक महिला त्यतिबेला छाँगाबाट खसेजस्ती भइन् जतिबेला उनको नजर पतिको मोबाइलबाट गरिएको एक म्यासेजमा पर्यो। पतिले आफ्ना साथीलाई गरेको म्यासेज देखेर पत्नीको मन यसरी टुट्यो, की उनले पतिलाई छोड्ने निर्णय गरिन्। यो म्यासेज पढेको एक हप्तापछि उनले श्रीमानसँग सम्बन्ध विच्छेद पनि गरिन् र आफ्नो दुई वर्षको बच्चासहित उनी अगल भइन्।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार ती महिला विवाहपछि आफ्ना श्रीमानसँग निकै खुशी थिइन्। उनीहरुको एक सन्तान पनि छन्, जो अहिले दुई वर्षको भए। बच्चा जन्मिएपछि श्रीमानमा परिवर्तन देखिन थाल्यो। ‘उहाँले मलाइ आफ्नो कामको बारेमा पनि बताउनुहुन्न थियो, उहाँ कहाँ जादैहुनुहुन्छ, के गर्दै हुनुहुन्छ, यो विषयमा केही जानकारी हुँदैन थियो। परिवारप्रति उहाँको कुनै रुची नै देखिएन र यो विवाह उहाँला बोझ लाग्न थाल्यो,’ उनले भनिन्।

ती महिलाका अनुसार उनका पति एक दिन राति अबेर घर आए र केही नबताइन सुते। उनी विहान उठेर बाथरुममा नुहाउन गए। उनी बाथरुम मै थिए, तब उनको फोनमा म्यासेजको रिङ बज्यो। ‘मैले जरुरी होला भनेर मोबाइलको म्यासेज चेक गरेँ। म्यासेजमा एसडब्लूएमबीओ लेखिको थियो। उसले म्यासेज रिप्लाइमा एसडब्लूएमबीओ आज राति मलाइ यसको अनुमति थिएन,’ उनले भनिन्। यसको अर्थ थाहा पाएपछि उनले श्रीमानसँग समबन्ध विच्छेद गरिन्।

२०७५ असोज ३ गते १६:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर