मोटरसाइकल दुर्घटनामा धादिङमा एकको मृत्यु, दुई जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ असोज ३ गते २३:५६

धादिङ । धादिङको पृथ्वीराजमार्गअन्तर्गत थाक्रे गाउँपालिका–७ जंङ्गेखोला नजीकै बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

खानीखोलाबाट गजुरीतर्फ जाँदै गरेको बा ७९ प ७२६५ नम्बरको मोटरसाइकल राजमार्गमा पल्टिँदा मोटरसाइकलमा सवार तीन जनामध्ये एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुनीबेंशी नगरपालिका निवासी १८ वर्षीय अनिल लामा रहेका छन् । उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य दुई जना सख्त घाइते छन् ।रासस

२०७५ असोज ३ गते २३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर