भक्तपुरमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते ०:११

भक्तपुर। मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको मध्यपुरठिमी चारदोबाटो बस्ने ८० वर्षीय जोगभक्त श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले घाइते श्रेष्ठको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रहरीले मोटरसाइकल र चालक भारत विहार घर भई हाल सूर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वषीय शम्लेशकुमार सिंहलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको उनले जानकारी दिए।

२०७५ असोज ४ गते ०:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर