सुनसरीमा गोली प्रहार गरी प्राध्यापककाे हत्या (लाइभ भिडियो )
आजको खबर | प्रकाशित : २०७५ असोज ४ गते ९:४३

सुनसरी । सुनसरीको भुताहामा अज्ञात समूहले प्रधानाध्यापकलाई गोली हानेको घटनाको लाइभ भिडियो फुटेज बाहिरिएको छ । प्रधानाध्यापक खुर्सीद आलमलाई गोली हान्नासाथ एक स्थानीयले भिडियो खिचेका थिए । भिडियोमा गोली लागेर भुइँमा ढलेमा प्रधानाध्यापक आलम र स्थानीयको आक्रोश प्रस्ट देखिन्छ ।
दुई वटा मोटरसाइकलमा भारतीय सीमाबाट आएका ४ जना व्यक्तिको समुहले आज प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको गोली हानी हत्या गरेका हुन्। अन्सारीको टाउकोमा ४ वटा गोली प्रहार गरिएको थियो। गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्। के कारणले गोली प्रहार भएको भन्ने बारे थाहा हुन सकेको छैन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ। हेर्नुहोस् घटनास्थलको भिडियो –
गाेलि हानि हत्या – खुर्शित अालम काे सुनसरीको भुटाहामा,ईन्डियन नम्बरको माेटर साईकलमा अाई गाेलि हानि ईन्डिया तिर अपराधी फरार, हामी *काँडेतार *फिल्म काे लाेकशन हटिङग्मा अन द स्पाेटमा थियौं र छाै पनि !
Posted by Nawal Khadka on Wednesday, September 19, 2018