मरिसकेको मान्छेलाई फेरि जीवित बचाउन सक्थे यि वैज्ञानिकले, तर अदालतले…….

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते ११:२१

एजेन्सी। संसारमा वैज्ञानिकहरुले अनेक चमत्कार गरेका छन् यस्तै चमत्कार अमेरिकाका एक वैज्ञानिक रोबर्ट कोर्निशले गरेका थिए । उनले मरिसकेका प्राणीलाई पुनः जीवित गराउने विषयमा अनुसन्धान गरेका थिए र यसमा सफलता पनि पाएका थिए । उनले आफ्नो परीक्षणमा २ मरिसकेका कुकुरलाई जीवित गराएका थिए ।

१९३३ र १९३५ मा गरिएको यो परीक्षणमा उनले २ मरिसकेका कुकुरलाई पुनः जीवित गराए । यो सफलताबाट उत्साहित उनले मानिसमा पनि यो परीक्षण गर्ने प्रयास गरेका थिए । यसको लागि उनले अदालतमा निवेदन पनि दिएका थिए । अमेरिकाको सान क्वेन्टिन जेलमा रहेर मृत्युदण्डको सजाय पर्खिरहेका कैदी थोमस म्याकमोनिगलले रोबर्टलाई आफ्नो शरीरमा त्यो परीक्षण गर्न प्रस्ताज पनि गरेका थिए ।

रोबर्ट र थोमस दुवैले सामूहिक रुपमा अदालतमा यसको लागि आवेदा पनि दिएका थिए । तर, क्यालिफोर्निया अदालतले उनीहरुको निवेदन अस्वीकृत गर्यो । किनकि थोमसले पाएको मृत्युदण्डको सजाय रोबर्टले परीक्षणको क्रममा उनलाई मारेसँगै पूरा हुन्थ्यो किनकि उनी त्यतिबेलै मारिइसकेका हुन्थे । तर, यदि रोबर्टले उनलाई पुनः जीवित गराएको खण्डमा उनलाई अदालतले पुनः मृत्युदण्डको सजाय दिन मिल्दैनथ्यो ।

कानुनको नजरमा एकपटक मृत्युदण्डको सजाय पाएर मरिसकेको व्यक्तिलाई पुनः अदालतले सजाय दिन मिल्दैन । रोबर्टले थोमसलाई बचाउने सफल भएको खण्डमा एक हत्यारा कानुनको हातबाट उम्कने भएकोले अदालतले यो अनुमति दिएको थिएन । अन्ततः रोबर्टको मान्छेमा यो परीक्षण गर्ने सपना पूरा हुन सकेन । मृत्युदण्डको सजाय पाएको थोमसलाई १९४८ मा सान क्वेन्टिनको ग्यास च्याम्बरमा हालेर मृत्युदण्ड दिइयो ।

२०७५ असोज ४ गते ११:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर