२ वर्षका बालकका कारण बदलियो सिंगो शहरको हजारौं वर्ष पुरानो परम्परा

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १३:०७

एजेन्सी। एक बालकको खुसीको लागि सिंगो शहरबासीले केसम्म गर्न सक्छन् भन्ने कुरा अमेरिकाको सिनसिनाटी शहरमा देखिएको छ। यहाँ एक २ वर्षका बालकको अन्तिम इच्छा पूरा गर्नको लागि सिंगो शहरले ३ महिनाअघि नै क्रिसमस मनाएको छ। सिनसिनाटीको कोलेरिनमा २ वर्षका बालक ब्रोडी एलनको लागि सबैले ३ महिनाअघि नै क्रिसमस मनाउने निर्णय गरेका हुन्।

ब्रोडीलाई ब्रेन क्यान्सर छ र डाक्टरका अनुसार उनी २ महिनाभन्दा बढी बाँच्दैनन्। ब्रोडीको अन्तिम इच्छा सान्टाक्लज हेर्ने थियो। यही इच्छा पूरा गर्न सिंगो शहरले ब्रोडीलाई यस्तो महसुस गराइरहेका छन् कि क्रिसमस आइसकेको छ। उनीहरुले क्रिसमसको निर्धारित मिति (२५ डिसेम्बर) भन्दा पहिल्यै क्रिसमस मनाइरहेका छन्।

केही महिना पहिले ब्रोडीको स्वास्थ्यमा खराबी आएको थियो । उनी पटक पटक चक्कर लागेर ढल्थे। परिवारले डाक्टरकहाँ लैजाँदा थाहा भयो कि उनलाई ब्रेन क्यान्सर छ। सानो उमेर भएका कारण रेडिएशनको प्रयोग गरेर उनको आयु लम्ब्याउन सम्भव छैन। उनी अब २ महिना मात्र बाँच्छनी अब २ महिना मात्र बाँच्छन्। यही कारण सबै अब बाँकी जीवनभर ब्रोडीलाई खुसी राख्न प्रयासरत छन्।

२ वर्षका भए पनि ब्रोडी क्रिसमस उत्सवलाई बुझ्न सक्छन्। उनले अघिल्लो क्रिसमस धुमधामले मनाएका थिए। उनी यस वर्ष पनि क्रिसमसको प्रतिक्षा गरिरहेका छन् तर उनीसँग क्रिसमससम्मको समय छैन । क्रिसमस ३ महिना पछि छ र त्यतिबेलासम्म ब्रोडी बाँच्ने सम्भावना छैन । त्यसैले शहरले ३ महिनाअघि नै क्रिसमस मनाइरहेछ । ब्रोडीका पिता टड एलनका अनुसार समयभन्दा अगाडि क्रिसमसका सामानहरु जुटाउन उनीहरुलाई निकै समस्या भयो।

शहरबासीलाई समयअगावै क्रिसमस मनाउनको लागि तयार गर्न ब्रोडीको परिवारले एक फेसबुक पोस्ट गरेको थियो । पोस्टमा उनको रोगदेखि लिएर उनको अन्तिम इच्छासम्मको विस्तृत विवरण लेखिएको थियो । उनीहरुले शहरबासीसँग ब्रोडीलाई खुसी बनाउन सहयोगको अपिल गरेका थिए । जानकारी मिल्नासाथ बहरबासी ब्रोडीसँग क्रिसमस मनाउन तयार भए । उनीहरुले क्रिसमसको सबै व्यवस्था गरे । ब्रोडीको लागि २३ सेप्टेम्बरका दिन एक परेड पनि निकालिँदैछ । परेडमा सान्टाक्लज, ब्रोडीको रोलर गाडी र सुपरहिरोको ड्रेस लगाएका मानिसहरु पनि हुनेछन्।

२०७५ असोज ४ गते १३:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर