कलेज फि तिर्न बाटोमा गीत गाउँदै यी युवा (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १३:१५

काठमाडौँ। नयाँ बानेश्वरको व्यस्त सडकमा सबै आआफ्नो काममा व्यस्त देखिन्छन्। यात्रुहरू आफ्नो गन्तव्यमा लम्किरहेका छन्। सवारी साधन आफ्नै गतिमा अगाडि बढिरहेका छन्।

नयाँ बानेश्वरको प्रतीक्षालयमा देखिन्छन् एक युवा जो आफ्नै लयमा गितार बजाएर गीत गाउँदैछन्। यी युवाको नाम हो सुलभ मिश्र। उनी न्यु समिट कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। बाटोमा गीत गाइरहेका सुलभको गितारको कभरमा केही पैसा देखिन्छ। त्यहाँ लेखिएको छ ‘पढाईको लागि सहयोग आवश्यक’।

आर्थिक अभावको कारण आफ्नो पढाईको लागि रकम जोहो गर्न सुलभ यसरी सडकमा गीत गाउँदैछन्। चितवनका सुलभका बुवा आमा भारतमा छन्। आफ्नो पढाईको लागि बुवाआमालाई पैसा पठाउन गार्‍हो भएपछि सुलभले आफै बुझे मैले अब बुबाआमालाई दुख दिनुहुन्न र गितार समाएर सडकमा निस्के। हेर्नुस् उनीसँगको कुराकानी।

सुलभ मिश्रलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले मोबाइल नं 9849596315 मा सम्पर्क गर्नुहोला।

२०७५ असोज ४ गते १३:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर