दशैंका लागि खोलिएको अग्रिम टिकट बुकिङ रद्द

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १३:५६

काठमाडौं । यातायात व्यवासायी महासंघले भोलिदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला नगर्ने निर्णय गरेको छ।

पटोलियम पदार्थमा गरिएको मुल्य बृृद्धि फिर्ता नलिएको भन्दै महासंघले नखुलाउँने निर्णय गरेको हो।

दशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर जाने यात्रुका लागि यसअघि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने जनाएको थियो। गएको आइतबार सरकारसँग भएको वार्तापछि यातायात व्यवसायी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न तयार भएका थिए। ५ गतेदेखि बुकिङ खुला गर्ने गरी सबै पक्षले तयारी थाल्ने भनिए पनि अन्तिम समयमा आएर निर्णय स्थिगित भएको हो।

२०७५ असोज ४ गते १३:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर