जब रुसी राष्ट्रपति पुटिनले चलाए गोली (भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १४:०७

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकै आक्रमक र दृढ नेताका रुपमा विश्मै स्थापित छन् । उनी कहिले जिम गरेको तस्वीरका कारण चर्चामा हुन्छन् भने कहिले पहाड चढेको कारण ।

बेला बेला अमेरिका तथा उसका समर्थकमाथि आउने पुटिनको टिप्पणीले पनि विश्वको ध्यान उनीतर्फ आकर्षित हुन्छ । उनी वर्तमान विश्व राजनीतिमा अमेरिका विरोधी धुरीको नेतृत्व गरिरहेका छन् ।

यसैबीच पुटिनको एक नयाँ भिडियो सार्वजनिक भएको छ । जसमा उनी अत्याधुनिक हतियारबाट गोली चलाएको देख्न सकिन्छ । रुसी कम्पनीले उत्पादन गरेको कलाशनिकोभ स्नाइपर राइफल चलाएर उनले त्यसको क्षमता अवलोकन गरेका हुन् । उनी सो राइफलबाट पाँच पटक शुट गरेका थिए जसमध्ये ३ वटा टार्गेटमा रहेका थिए ।

पुटिनले सो राइफलबाट चलाएको गोलीबारे यो भिडियो हेरौं ।

२०७५ असोज ४ गते १४:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर