प्लास्टिकको भाँडोबाट पानी पिउँनु स्वास्थ्यका लागि हानिकारक !

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १५:१६

काठमाण्डौ । प्लास्टिकको भाँडोमा पानी पिउँदा स्वास्थ्यमा आउने समस्याहरु यस प्रकार छन् :

१) क्यान्सरको खतरा : प्लास्टिकको भाँडो सुर्यको किरणको समपर्कमा आउँदा यसमा रहेका विभिन्न रसायनहरु पानीमा मिसिने गर्छन् । जुन हामीले पानी पिउँदा हाम्रो शरीरभित्र प्रवेश गर्छन् र हाम्रो शरीरभित्र रहेका विभिन्न खालका कोषहरुलाई नष्ट गर्न मद्धत पुर्याउँछ । यसले गर्दा हामीलाई क्यान्सर हुने सम्भावना बडी हुन्छ ।

२) मुटु सम्बन्धि रोगहरु : यसमा हुने विभिन्न रसायनहरुले हाम्रो रगतनलिमा समस्याहरु ल्याउने गर्छन् । जसले गर्दा हाम्रो शरीरमा रगत संचालन राम्रोसँग हुन पाउदैन । यसले गर्दा हामीलाई मुटु सम्बन्धि विभिन्न खालका रोगहरु लाग्ने गर्छन् ।

३) मस्तिष्कमा हानी : प्लास्टिक बनाउन प्रयोग हुने बेसफिनोलले हाम्रो मष्तिस्कमा असर पुर्याउन ठुलो भूमिका खेल्ने गर्छ । यसले गर्दा मानिसले कुनै पनि कुराहरु छिट्टै बिर्सन थाल्छन् । उनीहरुको मष्तिस्कले कुनै पनि कुरा सजिलै सँग याद गर्न छाड्छ ।

४) गर्भवती महिलालाई हानी : प्लास्टिकमा BPA प्रयोग गरिएको हुन्छ । यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जसले गर्दा गर्भवती महिलामा बच्चाको बिकास हुन निकै असर पुर्याउने गर्छ । त्यसैले गर्भवती महिलालाई प्लास्टिकको भाँडोमा पानी नपिउन चिकित्षकहरु सल्लाह दिने गर्छन् ।

२०७५ असोज ४ गते १५:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर