बारीमा फल्यो पहाडजत्रै बन्दा, हेर्नेको घुइँचो !

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १६:०५

एजेन्सी । तपाईले बन्दा सबै भन्दा ठुलो कति केजी सम्मको देख्नु भएको छ ? २/३ किलो बढीमा ५/७ किलेसम्मको । तर, बेलायतमा भने एउटै बन्दा ३० किलोको फलेको छ ।

त्यहाँका एक किसानले रोपेको बन्दा झट्टा हेर्दा सानोतिनो पहाडजत्रै देखिन्छ । त्यसको तौ ३० किलो छ । अहिले उक्त बन्दा धेरैका लागि रमिता बनेको छ ।

ति किसानको नाम नीम इयान हो । ती वृद्ध किसान सोही बन्दाका कारण पुरस्कृतसमेत भइसकेका छन् । नर्थ योर्कशायरस्थित हेगोरेट अटम फ्लावर शो मा उनले यस्तो अचम्मको बन्दा प्रदर्शनीमा राखेका छन् । ती वृद्धले यो दाबी गरेका छन् कि, उनले पछिल्लोपटक फलाएको बन्दा प्राकृतिक रूपमा फलेको हो । यसका लागि निकै महेनत र श्रम गरेको पनि उनले बताएका छन् ।

एउटै बन्दाको तौल ३० किलोको भए पनि यो नै विश्वकै सबैभन्दा ठूलो बन्दा भने होइन । विश्वकै सबैभन्दा ठूलो बन्दा फलाउने रेकर्ड अर्कैको नाममा छ । ६२ किलोको एउटै बन्दा फलाउने ती किसान अमेरिकाकै स्कट रबको हुन् ।

२०७५ असोज ४ गते १६:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर