अस्कर अवार्डमा भिड्दै नेपाली चलचित्र ‘पञ्चायत’

आजको खबर   |    प्रकाशित : २०७५ असोज ४ गते १६:२०

काठमाडौं । यस वर्षको ‘अस्कर अवार्ड’का लागि नेपाली चलचित्र “पञ्चायत” पठाइने भएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसले सन् २०१९ मा गर्न लागेको विदेशी भाषी सर्वोत्कृष्ट अवार्डको प्रतिस्पर्धाका लागि शिवम् अधिकारी निर्देशित फिल्म ‘पञ्चायत’ छनोटमा परेको हो ।

नेपालमा ओस्कार छनोट समितिले सहभागिताका लागि दर्ता आह्वान गरेको थियो । उक्त सीमाभित्र चलचित्र ‘तान्द्रो’, ‘पञ्चायत’ र ‘माइ लभ प्रमिस फर काठमाडौं’ दर्ता भएका भएका थिए । उक्त तीनमध्ये ‘पञ्चायत’ लाई छानिएको छनोट समितिले विज्ञप्तिमार्फत जनाएको छ ।

चलचित्र ‘पञ्चायत’ मा नीता ढुंगाना, सरोज खनाल, जाह्नी बस्नेत, रुपा राना, विशाल पहारी, गणेश गिरी लगायतका कलाकारको अभिनय रहेको छ । पञ्चायतकालीन समयको यो कथामा यौनमनोविज्ञान र त्यसले पारेको प्रभावलाई फिल्ममा कथा बनाइएको छ ।

२०७५ असोज ४ गते १६:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर