इन्द्रजात्रा शुरु, वसन्तपुरमा ठड्याइयो लिङ्गो

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ५:२१

काठमाडौँ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुक्रबारबाट शुरु भएको छ।

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइएको छ। लिङ्गोलाई विहान ८ बजेर ५ मिनेटको साइतमा उठाइएको थियो। काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रको मूर्तिस्वरुप लिंगो ठड्याएर गरिन्छ ।

देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइउँदा फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यले पारिजात फूल टिप्दै गरेका बेला पक्राउ गरेको किंवदन्ती छ।

जयन्तलाई छुटाउन देवता र दैत्यबीच सङ्ग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको मानिन्छ।

२०७५ असोज ५ गते ५:२१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर