जंगलमा गाईबस्तु चराउन गएकी युवती बलात्कृत

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ७:१६

रुकुम (पूर्व)। बलात्कार गरेको अभियोगमा भुमे गाउँपालिका–२ लोम्मा बस्ने ३६ वर्षीय फर्क मान पुनलाई प्रहरीले पक्राउ गरेको छ।

जंगलमा गाईबस्तु चराउन गएको अवस्थामा २५ वर्षीया युवतीलाई फर्क मान पुनले भदौ ५ गते बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित युवतीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ असोज ५ गते ७:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर