गोठमा सुतिरहेककी बालिकालाई बलात्कार गर्न खाज्ने पक्राउ

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ८:१९

भोजपुर । जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी उद्योगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बालिका करणी उद्योगमा भोजपुर, अरुण गाउँपालिका – ४ चिसापानीका ३८ वर्षीय लालवहादुर श्रेष्ठलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगमा सात दिनको म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिए ।

अभियुक्तले गोठघरमा सुतिरहेका अवस्थामा यही असोज १ गते राति बालिकालाई करणी गर्न खोजेको बालिकाकी आमाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।रासस

२०७५ असोज ५ गते ८:१९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर