पेट्रोलियम पदार्थमा कोटा प्रणाली लागू, बाइकलाई पाँच लिटरमात्रै

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ८:५१

काठमाडौं। पेट्रोलियम पदार्थको अभाव भएपछि नाकाबन्दीमा जस्तै अवस्था आएको छ ।

नेपाल आयल निगमले अभावको अवस्थामा सवारी साधनलाई पेट्रोलियम पदार्थमा कोटा प्रणाली लागू गरेको छ ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन लगायत पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीलाई पत्र लेखी तोकिएको परिमाणभन्दा बढी पेट्रोलियम पदार्थ नदिन भनेको हो ।

अब मोटरसाइल, स्कुटरले एक पटकमा ५ लिटर मात्र पेट्रोल भर्न पाउनेछन् । यस्तै कार, भ्यान लगायतका हल्का सवारीले १ पटकमा १५ लिटर मात्र पेट्रोलियम पाउनेछन् । डिजलबाट चल्ने छोटो दूरीका सवारी साधनलाई अधिकतम ५० लिटर र लामो दूरीका सवारी साधनलाई १०० लिटरको अधितम सीमा तोकिएको छ ।

२०७५ असोज ५ गते ८:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर