आमिर खानले गरे ठुलो खुलासा : ‘धुम ३’ देखि नै कट्रिनालाई मन पराउँथे, तर भन्ने हिम्मत भएन

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १०:०१

काठमाण्डौ । अभिनेता आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को तेस्रो मोसन पोस्टर आज सार्वजनिक भएको छ । सो पोस्टरमा अभिनेत्री कट्रिना कैफलाई देखाइएको छ ।

यस फिल्ममा कट्रिना ‘सुरैया’ को भूमिकामा छिन् । कट्रिनाको लुक सार्वजनिक गर्दै आमिर खानले इन्स्टाग्राममा ‘सुरैया जान…. सबैभन्दा राम्री ठग’ लेखेका छन् । उनले लेखेका छन् – ‘धूम ३’ पछि मेरो मन उनीसँग आएको छ । तर, भन्ने हिम्मत कहिले भएन । यदि कसैले भनिदिए म आभार हुन्थेँ ।’ यसअघि बिग बी अमिताभ बच्चन र फातिमा सेखको मोसन पोस्टर सार्वजनिक भइसकेको छ ।

यस फिल्म फिलिप मेडोज टेलरले लखेको उपन्यास ‘कन्फेसन्स’ अथवा ‘अ ठग’ मा आधारित छ । विजयकृष्ण आचार्य निर्देशशित फिल्ममा आमिर खान र अमिताभ बच्चनका साथमा कट्रिना र फातिमा सना शेखको प्रमुख भुमिका छ ।

फिल्म ८ नोभेम्बरमा प्रदर्शन हुदै छ ।

२०७५ असोज ५ गते १०:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर