सुनसरीमा मारिएका प्रधानाध्यापकमाथि भारतीय मिडियाको गम्भीर आरोप, भारतीय सुरक्षाकर्मी नै नेपाल छिरेर इन्काउन्टर गरेको सम्भावना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १०:३२

काठमाडौं । भारतबाट नेपाल छिरेर भारतीय बन्दुकधारीहरुले हिजो बिहान सुनसरीमा गोली हानी हत्या गरिएका प्रधानाध्यापक खुर्सीद आलमको विषयमा भारतीय मिडियाले निकै विवादित समाचार लेखेको छ । आलम एक आतंकवादी भएको र उनी मुम्बइ बम विष्फोटका अभियुक्त भएको भारतीय मिडिया आजतकले दावी गरेको छ ।

आजतकले समाचारमा चार ‘अपराधी’ले नेपालमा आलमको हत्या गरेको लेखेको छ । यद्यपि उसले आलममाथि लगाएको गम्भीर आरोप र घटनाको प्रकृति हेर्दा ‘अपराधी’को भेषमा भारतीय सुरक्षाकर्मी नै नेपाल छिरेर आलमको इन्काउन्टर गरेको हुन सक्ने सम्भावना बलियो छ । आजतकले दावी गरेअनुसार खुर्सीदको नाम जाँच एजेन्सीले २००८ मा बाटला इन्काउन्टरका फरार अभियुक्त शहजाद पप्पुलाई पक्राउ गरेपछि खुलेको हो । यद्यपि यसको पुष्टि हुने आधार भने समाचारमा छैन ।

आजतकले खुर्सीद आइएसआइको लागि काम गर्ने दावी गरेको छ । इण्डियन मुजाहिदिनका आतंकवादी बाटला इन्काउन्टरपछि फरार हुँदा खुर्शीदले नै उनीहरुको नेपाली जाली पासपोर्ट बनाएको र उनीहरुको बस्ने व्यवस्था मिलाएको आजतकको समाचारमा दावी गरिएको छ । खुर्शीदले इण्डियन मुजाहिदीनलाई नेपालबाटै सहयोग गरिरहेको र उनी नेपालमा पाकिस्तानी जासुसी एजेन्सी आइएसआइको एजेन्ट भएको समाचारमा दावी गरिएको छ ।

२०७५ असोज ५ गते १०:३२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर