पत्थरी, वाथ, दाद देखि दर्जनौ रोग निर्मुल पार्ने अद्भुत ओखती : बकाइनो !

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ११:३५

काठमाण्डौ । बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो । यसबाट स्वास्थ्यका लागि निम्न फाइदा लिन सकिन्छ ।

– दाद रोगमा : पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

– रगत जमेर गाँठो भएमा : बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

– सेतो दूबीमा : १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

– वाथ भएमा : बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

– चिलाउने रोगमा : बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

– पत्थरी रोगमा : बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

– जुका परेमा : बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म बढी भएमा : बकाइनोको पातको रस एक चम्चा बिहानरबेलुका खाने गरेका रगत बढी हुने रोग ठीक हुन्छ ।

– स्त्रीको मासिक धर्म रोकिएमा : बकाइनोको फूलको रस आधा चम्चामा मह आधा चम्चा मिसाएर बिहानरबेलुका खाने गरेका धर्म रोकिएको खुल्छ र नियमित हुन्छ ।

– गर्भाशय शुद्धिका लागि : बकाइनोको पातको रस नित्य १(१ चम्चा बिहानरबेलुका दिने गरेमा गर्भाशय शुद्धि हुनेछ ।

२०७५ असोज ५ गते ११:३५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर