‘प्रधानमन्त्री जोकमा, जनता सबै शोकमा’, सरकारविरुद्ध यालीसहितको प्रर्दशन (तस्विर सहित)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते ११:४२

काठमाडौँ। निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै शुक्रबार पनि काठमाडौंमा सरकारविरुद्ध प्रर्दशन गरिएको छ।

 

 

बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शुक्रबार दिउँसो काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध -यालीसहितको प्रर्दशन गरिएको हो।

 

 

संयुक्त महिला संघर्ष समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनमा महिला तथा बालिकामाथि हुने हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो।

 

प्रर्दशनकारीहरुले हत्या, हिंसा र बलात्कारको घटनाका कारण जनता शोकमा परेका बेला समेत जोकसहितको भाषण गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको प्ले–कार्ड प्रर्दशन गरेका थिए।

 

२०७५ असोज ५ गते ११:४२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर