ज्वाँइलाई चिसो पकौडा दिएपछि भयो भयानक घटना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १२:४६

एजेन्सी । एक सासुले ज्वाँइलाई चिसो पकौडा दिएपछि आफ्नो ज्यानै गुमाउनु परेको छ। चिसो पकौडा दिएपछि ती व्यक्ति सासुसँग आक्रोशित बनेर सासुलाई विभिन्न कुरा सुनाउन लागे। तर उनकी पत्नी आएर आमाको पक्ष लिइन्, तब उनले पहिले पत्नीमाथि हला गरे। ज्वाँइको यस्तो हर्कत देखेपछि छोरीलाई बचाउन गएकी सासुलाई पनि ज्वाँइले आक्रमण गरे। ज्वाँइको आक्रमणबाट सासुले ज्यानै गुमाउनु पर्यो ।

यो घटना भारतको नयाँ दिल्लीको हो। चिसो पकौडाकै कारण भएको यो घटनाले भयानक रुप लिएपछि प्रहरीले ज्वाँइलाई पक्राउ गरेको छ। ज्वाँइको आक्रमणबाट घाइते भएकी सासुको भने उपचारका क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। पतिको आक्रमणबाट घाइते बनेकी पत्नी गम्भिर अवस्थामा अस्पतालमा उपचाररत छिन्। पत्नी गर्भवती थिइन्।

दिल्लीको बदेरसर गाउँमा अफरोज नामका ती व्यक्ति आफ्नी पत्नीसँग बस्दै आएका थिए। विवाहको केही दिनपछि नै यी दुई बीच झगडा हुँदै आएको थियो। अफरोजकी सासु विवाहको केही समयपछि पत्नीसँग बस्न थालिन्, यो कुरा अफरोजलाई मन परेको थिएन्।

केही दिन पहिले पनि सामु आफ्नो पाँच वर्षीय छोरासँग छोरीको घर आएकी थिइ्। ज्वाँइ नभएको बेला उनले सासुले पकौडा बनाइन् र सबैलाई खान दिइन्। त्यसपछि केही पकौडा अफरोजका लागि पनि राखिदिइन्। बेलुकी काम सकेर अफरोज घर आए, तब सासुले उनलाई चिसो पकौडा खान दिइन्। यही कुरालाई लिएर सासुसँग विवाद भयो। त्यसै क्रममा पत्नी बीचमा आएर आमाको पक्षमा उभिइन्। त्यसपछि आक्रोशीत भएका अफरोजले पत्नीमाथि आक्रमण गरे। त्यसै क्रममा भर्गवती छोरीलाई बचाउन आएकी आमा बीचमा आएपछि उनले सासुलाई पनि चक्कुले आक्रमण गरेका थिए।

२०७५ असोज ५ गते १२:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर