नायिका सन्ध्याको खुलासा : प्रियङ्काले प्रमोदसँग हट सिन गर्दा आयुश्मान अगाडि नै बसेर हेरेका थिए (भिडियो कुराकानी)

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १३:२८

काठमाडौँ। केही समय अगाडि सामाजिक सञ्जालदेखि मिडियामा समेत प्रियङ्काको हट दृष्यले ठाउँ लिएको थियो।

केही महिना अगाडि सार्वजनिक गरिएको चलचित्र ‘कथा काठमाण्डु’को ‘रातको कुरा‘ बोलको गीतको भिडियोमा नायिका प्रियङ्कालाई निकै उत्तेजक रुपमा प्रस्तुत गरिएको छ। नायक प्रमोद अग्रहरीसँगको अन्तरङ्ग दृश्य आम दर्शकले पचाउन गार्‍हो हुने किसिमको छ।

यसैबीच एक युट्युब च्यानलसँग कुरा गर्दै चलचित्रकी अर्की नायिका सन्ध्या केसीले उक्त दृश्य छायाङ्कन हुँदा नायिका प्रियङ्का कार्कीका प्रेमी आयुश्मान त्यहीँ भएको खुलासा गरेकी छिन्।

‘गीतको छायाँङ्कन हुँदा आयुश्मान प्रियङ्काकै अगाडि थिए। उनीहरूको प्रेम सम्बन्धले भर्खरै औपचारिकता पाएको थियो’, उनले भनिन्।

असोज १२ मा रिलिज हुने यस फिल्ममा प्रियङ्का कार्की, आयुश्मान डिएस जोशी, सन्जोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । आहाना फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ ।

फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भरत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक सङ्गीता श्रेष्ठले नै लेखेकी हुन् ।

२०७५ असोज ५ गते १३:२८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर