घरमा आगो लगाएर परिवारका चार सदस्यको हत्या गर्ने महिलालाई मृत्युदण्ड

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १३:४३

हान्झाउ । सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ।

सुसारेलाई दिइएको मृत्युदण्डका बारेमा चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकन समेत गरेको स्थानीय अदालतले जनाएको छ।

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरुलाई भेटघाटको अवसर दिइएको थियो। अदालतको आदेशमा भनिएको छ, “सुसारेको नियत विभत्स, अति विद्वेशपूर्ण र खतरनाक देखियो। अपराधको दुस्परिणाम गम्भीर मात्र होइन सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो।”

पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरेपनि अपराधको प्रकृति र क्रुरताले उनलाई उन्मूक्ति दिने सम्भावना कमै थियो, अदालतको भनाइ छ। “प्रमाणहरु यथार्थपरक र पर्याप्त थिए, र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ।”

जुवातास खेल्ने कुलतमा फसेकी मो ले अन्ततः घरयासी काम गर्न थालेको बताइएको छ।

२०७५ असोज ५ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर