तान्जिनिया डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२६ पुग्यो

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १४:२३

नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १२६ पुगेको तान्जानियाका यातायातमन्त्रीले बताएका छन्। “मृतकको सङ्ख्या कम्तीमा १२६ पुगेको खबर सुनाउँदा हामीलाई दुःख लागेको छ,” यातायातमन्त्री आइज्याक कामवेलेले राज्य सञ्चालित टेलिभिजनलाई बताए।

घटनाबारे थप अपडेट स्थानीय समय अनुसार शुक्रबार साँझ गरिने छ, उनले बताए। अझै केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले अनवरत काम गरिरहेका छन्। एमभि नाइरेरे नामक डुङ्गाले कम्तीमा २०० यात्रुलाई लिएर यात्रा गरिरहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ। यो डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या हो, उनले बताए।

घटनामा परेका ५७ जनालाई पानीबाट जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। अण्डाकार संरचनामा करीब ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया तालमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्ने गर्छन्।

२०७५ असोज ५ गते १४:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर