पछिल्लो समय झन् बढ्यो हिंसा, तीन प्रहरीको अपहरणपछि हत्या

आजको खबर   |    प्रकाशित : २०७५ असोज ५ गते १४:३३

श्रीनगर, भारत । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ। स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको समाचारमा जनाइएको छ।

दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन्। त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन्।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै काश्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका बिषयलाई लिएर विवाद हुदै आएको छ। दुवै देशले काश्मिरलाई आफ्नो भूभाग भएको दावी गर्दै आएका छन्। काश्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ।

२०७५ असोज ५ गते १४:३३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर