खुर्सिद अन्सारी सहिद घोषणा, परिवारलाई १० लाख दिइने

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते ०:२५

काठमाडौं । सरकारले भारतीय अपराधीबाट हत्या गरिएका सुनसरीका अन्सारी खुर्सिदलाई सरकारले सहिद घोषणा गरेको छ ।

खुर्सिदलाई सीमा पारिका अपराधीले बिहीबार गोली हानी हत्या गरेका थिए । नेकपा निकटका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको हात रहेको आशंकाकाबीच सरकारले उनलाई सहिद घोषणा गरेको हो ।

खुर्सिदलाई सहिद घोषणा गर्ने सहमति भएपछि शुक्रबार अबेर उनको शव परिवारले बुझेका थिए ।

शुक्रबार राती बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहिद घोषणा गरेको सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

यस्तै शुक्रबारकै मन्त्रिपरिषद्ले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवासमेत गरेको छ । पुस्कर कार्की, ठूले राई र धिरु बस्न्यातलाई एआईजीमा बढुवा गरिएको हो । उनीहरुको बढुवासँगै पदस्थापन पनि गरिएको छ ।

यस्तै मन्त्रिपरिषद्ले एक थिंकट्यांक पनि गठन गरेको छ । नेपाल नीति निर्माण प्रतिष्ठान नामको सो थिंक ट्यांकमा प्रा डा. चैतन्य मिश्रले नेतृत्व गर्नेछन् ।

२०७५ असोज ६ गते ०:२५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर