सुत्नअघि नुहाउँनुहोस् पाउनुहुनेछ यि ८ चमत्कारी फाइदा

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते १०:५१

काठमाण्डौ । जान्नुहोस्, रातीमा नुहाएर सुत्दा स्वास्थ्यका लागि के–कस्ता फाइदा लिन सक्नुहुन्छ ः-

१. मिठो निन्द्रा – रातमा सुत्नअघि नुहाएमा दिनभरिको थकान टाढा भाग्छ । यसो गर्नाले मांसपेशीलाई आराम दिलाउँछ र मिठो निन्द्रा लाग्छ ।

२. ब्लड सुगर नियन्त्रण – अमेरिकी डायबिटिक एसोसिएसनका अनुसार, रातमा मनतातो पानीले नुहाउँनाले ब्लड सुगरको मात्रा कम हुन्छ ।

३. माइग्रेनबाट छुट्कारा – एक अध्ययनले रातमा सुत्नअघि मनतातो पानीले नुहाउनाले माइग्रेनको समस्याबाट राहत मिल्ने बताएको छ ।

४. तौल घट्छ – यदि तपाई मोटोपनबाट दिक्क हुनुहुन्छ भने, चिसोपानीले रातको समयमा नुहाउँनुहोस् र शरीरलाई चिसो बनाउँनुहोस् । शरीरलाई तातो बनाउँन क्यालोरी बर्निङ प्रोसेस हुन थाल्छ, जसबाट बोसो कम हुँदैजान्छ ।

५. स्वास्थ्य छालाका लागि – रातमा सुत्नअघि नुहाउँनाले शरीरमा जमेको दिनभरीको फोहोर सफा हुन्छ । जसले गर्दा छालाको संक्रमणको खतरा हुँदैन र छाला स्वस्थ्य रहन्छ ।

६. तनाव कम हुन्छ – रातमा नुहाउँनाले दिनभरिको थकान टाढा भाग्छ । जसले गर्दा दिमागलाई आराम मिल्छ, जसले गर्दा तनाव घट्छ ।

७. रक्तचाप नियन्त्रण – रातमा चिसो पानीले नुहाउँनाले रगत सञ्चार राम्ररी हुन्छ । यसबाट उच्च रक्तचामको समस्या नियन्त्रणमा आउँछ ।

८. मष्तिस्कलाई आराम मिल्छ – रातमा चिसो पानीले नुहाउँनाले शरीरमा ताजापन आउँछ । यसले रक्त सञ्चारमा सुधार आउँछ, जसबाट मष्तिस्कमा सकारात्मक प्रभाव पर्छ ।

२०७५ असोज ६ गते १०:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर