रोजगारका लागि दुबई गएका नेपाली युवक चार वर्षदेखि दुबईको अस्पतालमा अचेत

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते १४:३६

काठमाडौँ । वैदेसिक रोजगारीको सिलसिलामा एयई गएका पर्वतका कुमार फगामे ४ वर्षदेखि कोमामा छन्। २५ वर्षीय कुमार चार वर्षदेखि ओछ्यानको ओछ्यानर्म छन्।

पर्वतको मोदी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका कुमार रोजगारीको सिलसिलामा युएई पुगेका थिए। दुबईबाट झन्डै तीन सय किलोमिटर मदिनट जायद सेन्टर फर केयरमा चार वर्षदेखि उपचार भईरहेको छ। झ्वाट्ट देख्दा उनी तन्दुरुस्त देखिन्छन् मदिनट अस्पतालमा कार्यरत स्याङ्जाका विमल पौडेलले भने, ‘अनुहार यस्तो तेजिलो छ । कोमामा छ भन्दा कसैले विस्वास गर्दैन।

उनका दुवै हात छातिमा टाँसिएको छ भने खुट्टा खुम्चिएका छन्। दाईने बुढी औँलामा एउटा क्लिप जोडिएको छ। क्लिपसँग एउटा सानो तार पनि गाँसिएको छ। धन कमाउन विदेश गएको छोरा विदेशमै विचेत भएपछि उनकी आमा चार वर्षदेखि आँशु बगाउँदै बसिरहेकी छन्। ५५ वर्षीया उनकी जेठी आमा छोरो बिरामी भएको खबर पाएसँगै छटपटीरहेकी छन्।

दाईको चिन्तादले आमा बेहाल भएको कुमारकी बहिनी धनमायालो बताईन्। दाई ल्याईदे ल्याईने भन्नुहुन्छ मैले कसरी ल्याउँ उनी भन्छिन्।

२०७५ असोज ६ गते १४:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर