दशैंको मुखैमा सार्वजनिक यातायातको भाडा बढ्यो, अग्रिम टिकट खुल्ला

आजको खबर   |    प्रकाशित : २०७५ असोज ६ गते १५:३४

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तेलको मूल्य बढेसँगै यातायात व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकारले १० प्रतिशत भाडा बढाउन सहमती जनाएको हो।

तेलको मूल्य बढेको भन्दै असोज ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ यातायात व्यवसायीलै रोकेपछि आज व्यवसायी र सरकारबीच मूल्य बढाउने सहमति भएको हो। भाडा बढाउने सहमति भएसँगै अग्रिम टिकट बुकिङ्ग पनि सुचारु हुने भएको छ।

२०७५ असोज ६ गते १५:३४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर