१०० वर्ष पुगेका राष्ट्रकविलाई राष्ट्रपतिले दिइन् जन्मदिनको शुभकामना

आजको खबर   |    प्रकाशित : २०७५ असोज ७ गते ४:४०

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुगी जन्मदिनको शुभकामना दिएकी छिन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन ।

विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मिएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन ।

२०७५ असोज ७ गते ४:४० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर