क्रिकेट मैदान र सीमानालाई ‘रणभूमी’ बनाउँदै भारत-पाकिस्तान

आजको खबर   |    प्रकाशित : २०७५ असोज ७ गते १५:००

एजेन्सी । जहाँ एसिया कप क्रिकेट प्रतियोगितामा भारत र पाकिस्तानबीच मैदानमा क्रिकेटको जंग भइरहेको छ, उता सीमानामा पनि यी मुलुक वास्ताविक जंग गर्ने अवस्थामा छन् ।

आइतबार दुबईमा भारत र पाकिस्तानबीच एकदिवसीय क्रिकेट खेल भइरहेको छ । यो खेललाई भारतीय सञ्चारमाध्यमले वास्ताविक जंग जस्तै बनाएर प्रस्तुत गरिरहेका छन् ।

क्रिकेटलाई खेलका रुपमा भन्दा पनि यी मुलुकले युद्धका रुपमा लिनेगर्छन् । यी दुईदेशबीचको खेललाई खेल भावनाले भन्दा पनि सीमाना तथा कुटनीतिक रुपमा भएको जंगलाई बुझ्ने गरिएको छ ।

पछिल्ला ५ दिनमा भारत र पाकिस्तानबीच आपसी सम्बन्धमा चिसोपना बढेर गएको छ । काश्मिरमा एक बिएसएफ हवल्दार मारिनु, ३ जना भारतीय प्रहरी मारिनु र पाकिस्तान सरकारले भारतले आतंकवादी भएको आरोप लगाउँदै आएका व्यक्तिको नाममा हुलाक टिकट प्रकाशन गर्नुले भारतले त्यसको कुटनीतिक रुपमा कडा जवाफ दिएको छ ।

भारतले पूर्वनिर्धारित पाकिस्तान र भारतबीचको विदेशमन्त्री स्तरीय साईडलाइन वार्तालाई एकतर्फी रुपमा भारतले रद्द गरेको थियो । त्यसपछि दुबैतर्फका अधिकारीहरुले तिखो प्रतिक्रिया दिइरहेका छन् ।

खास गरी दुई सैन्य अधिकारीले दिएको बयानले यी देशबीचको सम्बन्धलाई उजागार गरेको छ । भारतीय सेनापति विपिन राउतले पाकिस्तानलाई पीडा महशुस गराउने समय आएको बताएका थिए ।

उनले दिल्लीमा पत्रकार सम्मलेन गरेर शनिबार भारतीय सेनाले कुनैपनि बेला सैन्य कारबाही गर्न सक्ने संकेत गरेका थिए । उनले भारत सरकारले आफूहरुलाई अप्रेसनका लागि स्वतन्त्रता दिएको भन्दै त्यसको असर केही दिनमा देखिने बताएका थिए ।

यसलाई पाकिस्तानी सेनाले पनि गम्भीर रुपमा लिएको छ । पाकिस्तानी सेनाका एक जना प्रवक्ताले भारतीय सेनाको भनाईप्रति कडा जवाफ दिँदै आफूहरु पनि युद्धका लागि तयार रहेको बताएका थिए ।

उनले भनेका छन्, ‘युद्ध त्यस्ता देशहरुबीच हुन्छ, जहाँ एक देश युद्धका लागि तयार हुँदैन, तर हामी पनि यहाँ सँधै युद्धको तयारीमा छौं । हामी आणविक हतियार सम्पन्न देश हौं, युद्धका लागि तयार छौं ।’

भारत र पाकिस्तानबीच बढ्दो तनावले क्षेत्रीय शान्तिमा नकारात्मक असर पर्ने निश्चित छ । दक्षिण एसियाका आणविक हतियार सम्पन्न यी मुलुकबीच युद्ध नै हुने अवस्था तत्कालन नभए पनि सीमानामा छिटपुट सैन्य कारबाही भने हुने सक्ने विश्लेषकहरु बताउँछन्।

यसको सीधा प्रभाव भने नेपाललाई पनि पर्नेछ । क्षेत्रीय अशान्तिबाट उत्पन्न हुने जोखिममात्र होइन, भारतीय सेनाको फ्रन्टलाईनमा नेपालीहरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ।

२०७५ असोज ७ गते १५:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर