भारतीय प्रधानमन्त्री मोदी पुनः नेपाल भ्रमणमा आउँदै

आजको खबर   |    प्रकाशित : २०७५ असोज ८ गते ०:३६

काठमाडौं । भारतीय प्रधानमन्त्री पुनः नेपाल आउने भएका छन् । उनी आगामी नोभेम्बरको अन्तिम हप्ता नेपाल आउने पक्का भएको काठडमाडौंस्थित भारतीय दूतावासले पुष्टि गरेको एसियन न्यूज एजेन्सी (एएनआई)ले जनाएको छ ।

दूतावासको उच्च स्रोतलाई उद्धृत गर्दै एएनआईले नाभेम्बर २८ र २९ मा मोदीले नेपालको भ्रमण गर्ने भएका छन् । मोदीको यो भ्रमण स्टेट भिजिट हुने बताइएको छ । सो क्रममा मोदी लुम्बिनीको भ्रमणमा समेत जाने बताइएको छ ।

मोदी भारतको प्रधानमन्त्री भएपछि नेपाल आउन लागेको यो पाँचौ पटक हो । गएको अगस्टमा काठमाडौंमा आयोजित विमस्टेकको समिटमा सहभागी हुन काठमाडौं आएका थिए ।

प्रधानमन्त्री भएको ४ वर्षमा मोदीले नेपलाको भ्रमण पनि ४ पटक गरिसकेका छन् । मोदीको प्रधानमन्त्री कालमा सायद नोभेम्बरमा हुने नेपाल भ्रमण अन्तिम हुनेछ । आगामी वर्ष भारतमा आम निर्वाचन हुँदैछ ।

उनी फरि प्रधानमन्त्री बन्ने वा नबन्ने कुनै ठेगान छैन ।

मोदीले जति पटक नेपाल भ्रमण गरेपनि राजनीतिक र कुटनीतिक क्षेत्रमा भारतसँगको सम्बन्ध सुधार भए पनि जनस्तरमा भने नेपालमा भारतप्रति नकरात्मक धाराणा बढिरहेको छ ।

खास गरि भारतले संविधान घोषणामा असन्तुष्टि जनाउँदै नाकाबन्दी लगाएपछि मोदी तथा भारतप्रति नेपालीको नकरात्मक धाराणा बढेको हो ।
प्रधानमन्त्री भएको केही महिनामै काठमाडौं पहिलो पटक आउँदा भने मोदीलाई जनस्तरबाट पनि जबरजस्त स्वागत भएको थियो ।

नयाँबानेश्वरको सडकमा उनको स्वागतका लागि मानिसहरु लाइन बसेका थिए र मोदीले पनि बानेश्वरमा पैदल हिँडेर स्वागत स्वीकार गरेका थिए । उनको नेपालमा पनि लोकप्रियता बढेको थियो । तर नाकाबन्दीसँगै उनी नेपाली जनताको नजरमा ‘भिलेन’ बने ।

नोभेम्बरमा हुने भनिएको मोदीको नेपाल भ्रमणमा उच्चस्तरी वार्ता पनि हुने जनाइएको छ । तर, कुन कुन उद्देश्यले आउन लागेका हुन सो विषयमा भने कुनै खुलासा भएको छैन । नेपाली पक्षले भने यो भ्रमणबारे कुनै जानकारी दिएको छैन ।

२०७५ असोज ८ गते ०:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर