भोलि देखि दशैंको अग्रिम टिकट बुकिङ सुरु हुने, १० प्रतिशत भाडा बढ्यो

आजको खबर   |    प्रकाशित : २०७५ असोज ८ गते १०:३६

काठमाडौं। दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात व्यवसायीको आज भएको बैठकले भोलि मंगलबार बिहानदेखि टिकट बुकिङ सुरु गर्ने निर्णय गरेको हो । यसअघि भाडादरमा समायोजन तथा यातायात व्यवसायी समितिको बैंक खाता रोक्का भएका कारण व्यवसायीले टिकट बुकिङ खोलेका थिएनन् ।

सरकारले भाडादरमा १० प्रतिशत वृद्धि गर्ने र यातायात व्यवसायी समितिका रोक्का भएका खाता खोल्ने निर्णय गरेसँगै व्यवसायीले टिकट बुकिङ खोल्ने निर्णय गरेका हुन् । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यसअघि ५ गतेबाट गर्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्यवृद्धिको विरोध गर्दै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो ।

२०७५ असोज ८ गते १०:३६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर