विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन प्रदेश स्तरीय छलफल

आजको खबर   |    प्रकाशित : २०७५ असोज ८ गते १३:००

काठमाडौं । नेपाली काँग्रेसले विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन प्रदेश स्तरीय छलफल सुरु गरेको छ। काग्रेसले सोमबार पार्टी कार्यालय सानेपामा तीन नंवर प्रदेशबाट मस्यौदालाई अन्तिम रुप दिन छलफल सुरु गरेको हो।

मस्यौदालाई अन्तिम रुप दिनका लागी सुझाव संकलन गर्न समूह समूह बनाएर तीन नंवर प्रदेशमा काँग्रेसले छलफल चलाएको थियो। प्रदेशबाट आउने सुझावलाई समेटेर विधान संशोधन मस्यौदालाइ अन्तिम रुप दिने मस्यौदा समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

विधानमा वीपीका विचारलाई निरन्तरता दिँदै संघीयताबमोजिमका संरचनाहरुसमेत समावेश गरिने र पार्टीमा केन्द्रीय समितिदेखि गाउँ टोल समितिसम्म ८ वटा तह निर्माण हुने व्यवस्था गरिएको काग्रेसले जनाएको छ।

यहि असोज १३ गते सम्म ६ टोलीले देशका १२ स्थानमा मस्यौदा माथि छलफल गराउने र दफावार सुझाव संकलन गर्ने काग्रेसको तयारी छ। समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई काँग्रेसको मंसीरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ।

२०७५ असोज ८ गते १३:०० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर