दशैँका लागि अग्रीम टिकट बुकिङ आजदेखि खुला

आजको खबर   |    प्रकाशित : २०७५ असोज ९ गते ०:३९

काठमाडौं। दशैँ मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी असोज ९ (आज)देखि अग्रीम टिकट बुकिङ खुला भएको छ ।

भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकले असोज ५ गतेदेखि खुल्ला गर्ने निर्णय गरेपनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले टिकट बुकिङ खुल्ला गर्न मानेका थिएनन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सोमबार बसेको बैठकले सरकारले सवारी साधनको भाडा १० प्रतिशत बढाउने निर्णय गरेको भन्दै टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।

महासङ्घका महासचिव पुन्यप्रसाद (सरोज) सिटौलाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिअनुरुप सार्वजनिक यातायातको भाडा दर समायोजन भएपछि भोलिदेखि टिकट बुकिङ खुलाउने निर्णय गरेको जानकारी दिए ।रासस

२०७५ असोज ९ गते ०:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर