काठमाडौंको टोखामै भेटियो यत्रो परिमाणको सुन

आजको खबर   |    प्रकाशित : २०७५ असोज ९ गते १३:१७

काठमाडौं । प्रहरीले काठमाडौंको टोखाबाट ३ किलो सुनसहित २ जनालाई पक्राउ गरिएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार पत्रकार सम्मेलन गर्दे रसुवाका पेम्बा तामाङ र नरबहादुर घलेलाई तीन किलो सुन सहित सार्वजनिक गरेको हो ।

रसुवा केरुङ नाका हुदै सुन तस्करी भईरहेको सूचनाका आधारमा काठमाडौंको तीनपीप्ले र टोखा रोडमा निगरानी गरिरहेको अबस्थामा टोखामा बा ७३ प ३४०२ नंवरको पल्सर मोटरसाईकलमा आएका २ जनालाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट तस्करी गरिएको ३ किलो सुन भेटिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए।

सुन ल्याउनेहरु भरियामात्र भएको वास्तविक धनीको खोजिकार्य भईरहेको उनले बताए । बरामद गरिएको सुनको बजार मूल्य १ करोड ५० लाख २० हजार सात सय रुपैया पर्ने प्रहरीले जनाएको छ।

प्रमुख एसएसपी लामाले पक्राउ गरेका दुई जनाले यसअघि दुई महिनामा तीन किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको जानकारी दिए । सुन मगाउने व्यापारिका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

२०७५ असोज ९ गते १३:१७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर