बुर्का लगाएर गहना पसलमा आएका थिए महिला, सीसीटिभी फुटेज हेर्दा खुल्यो यस्तो रहस्य

आजको खबर   |    प्रकाशित : २०७५ असोज ९ गते १६:१२

एजेन्सी । एक गहना पसलमा दुई तीन जना महिलाहरु आए र गहना हेरेर गए । पसलमा सँधैझै पसल सुचारु भइ रहयो। त्यसको केही दिनपछि पसलले सिसिटिभी फुटेज हेरिरहेका थिए। भिडियो हेर्दा उनको होस् हवास् उड्यो । केही दिन अगाडी गहना हेर्न आएकी ति महिलाको समुहले गहनाको भाँडै लिएर गएका रहेछन्।

पसलेले सिसिटिभी फुटेजकै आधारमा ति महिलाहरुमाथी उजुरी गरे त्यही आधारमा ति महिलाहरु पनि पक्राउ परे । ती तीन आरोपित महिलाहरु खानदानी परिवारका जस्ता देखिन्थे व्यापारीले भनेका छन्।

भिडयोमा देखिए अनुसार गहना पसलमा बुर्का लगाएर आएकी एक महिलाले पसलमा भएको करिब ५० लाख भारु अर्थात ८० लाख नेपाली रुपैयाँ बराबरको गहना बुर्का भित्र हालेर हिँडेकी छन्। यो भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ। यो घटना भारतको उत्तर प्रदेशमा रहेको कोतवाली क्षेत्रको भगत सिँह रोडमा रहेको जय शिव ज्वेलर्सको हो।

२०७५ असोज ९ गते १६:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर